इटहरी । धरान उपमहानगरपालिकाले इटहरीको पानीपियामा राखेको सीमा बोर्ड इटहरी उपमहानगरपालिकाले हटाएको छ । नगरप्रहरीहरु गएर बोर्ड हटाएका हुन् । धरानले बोर्ड राखेको केही घण्टामै इटहरीका नगरप्रहरीहरुले बोर्ड हटाइदिएका हुन् ।
यसअघि पनि इटहरीको सेउती पुल छेउको बोर्ड हटाएर धरानले पानीपियामा बोर्ड राखेको थियो भने बदलामा इटहरीको युवा संघले धरानको बोर्ड उखेलेको थियो । यस पटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने भएको छ ।
धरानले आफ्नो सीमा इटहरीको पानीपियालाई मान्दै आएको छ भने इटहरीले सेउती पुलसम्म सीमा मान्दै आएको छ । दुवैबिचको विवाद उपमहानगरपालिका बनेपछि सुरु भएको हो ।