काठमाण्डौ । ग्यास बोकेको बुलेटमा आगलागी भएपछि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ ।
पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्याँस लिकेज भएको हुन सक्ने र जोखिम बढाएकाले सडक खण्ड बन्द गरिएको चितवन प्रहरीले जनाएको छ ।
शुक्रवार(आज) दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएपछि सम्भावित क्षति कम गर्नका लागि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द गरिएको प्रहरीले जनाएको छ ।
अहिले दुईतर्फी नै गाडी नचल्दा सडकमा गाडीको लामो लाइन लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्णरूपमा नियन्त्रणमा नआउञ्जेलसम्म सचेत बन्न सबैलाई आग्रह गरेको छ ।