काठमाण्डौ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।
प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै विवादमा तानिएकी ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।
दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनीमाथि छानबिन भइरहेको छ ।
वलीले भने आफूले हातपात नगरेको दाबी गरेकी छन् । पति उत्तरकुमार ओलीको निधन भएपछि विमला दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी थिइन् ।
नेकपाबाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी छिन् । सरकार गठनमा नै उनको मत निर्णायक भएपछि स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो ।