उदयपुरमा स्कुल बस दुर्घटना, एकको मृत्यु, ३९ जना घाइते

न्युजलय ९ मङ्सिर २०८०, शनिवार ०२:५५ मा प्रकाशित

उदयपुर । उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी पिकनिक खाएर फर्किने क्रममा थिए । प्र १०५००१ ख ००४४ नम्वरको बस उक्त बस शनिबार मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ७ जोगीटोल अँधेरी खण्डमा दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको हो ।

घाइतेहरुलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। दुर्घटनाको कारण र अन्यको अवस्था खुल्न बाँकी छ ।