कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०२:५२ मा प्रकाशित

काठमाडौं । कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक अनलाइनमै पढ्न पाउने गरी सिकाइ चौतारीको शुभारम्भ गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दुरदराजका विद्यार्थीलाई यो बढी लाभदायक हुने बताए । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिन्छ । 

सिकाई चौतारी चलाउँदा न्युनतम प्रविधिको प्रयोग हुने र यो सबैको पहुँचमा पुर्‍याउन पोर्टल थप व्यवस्थित बनाउने काम भइरहेको रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए । सोही पोर्टलमा कक्षा कोठामा विद्यार्थीलाई खेल खेलाउन सकिने, डिस्नेरीबाट शब्द खोज्न सकिने, गाह्रो विषयलाई भिडियोमार्फत हेर्न सकिने गरि विकास गरिएको छ ।