काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार ६ सय मात्रा कोरोना भाइरसविरुद्धको मोडर्ना खोप आज आइतबार नेपाल भित्रिएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल आज भित्रिएको जानकारी दिए । योसहित नेपालमा गत बुधबार र बिहीबार गरी ३६ लाख ५१ हजार ६ सय मात्रा मोडर्ना खोप आइसकेको छ । मोडर्नाको खोप आउँदो पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका झन्डै १८ लाख बालबालिकालाई लगाइने उनले बताए ।
सरकारले बालबालिकालाई विद्यालयबाटै खोप लगाउने जनाएको छ । पहिलो मात्रा फाइजर खोप लगाएकाबाहेक ५७ जिल्लाका बालबालिकालाई विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।