डा.मीनेन्द्र रिजालको राजीनामा स्वीकृत, रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

न्युजलय ६ पुस २०७८, मङ्गलबार १२:५५ मा प्रकाशित

काठमाडौं । रक्षामन्त्रीबाट डा.मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् ।


रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हालेका छन्।


रिजालले प्रधानमन्त्रीसमक्ष पुस १ मा राजीनामा दिएका थिए।