काठमाडौं । मंगलबार रुस(युक्रेन युद्धको २० औं दिन हो। सोमबार रुस समर्थित विद्रोही नियन्त्रित सहर डोन्स्कमा ब्यालेस्टिक मिसाइल आक्रमणमा २० सर्वसाधारणको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् ।
रुस र युक्रेनबीच जारी शान्ति वार्ता सोमबार पनि अधुरो रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
युक्रेनी प्रतिनिधिमण्डलका सदस्य मिखाइलो पोडोलिकले बैठक प्राविधिक रूपमा रोकिएको र मंगलबार जारी रहने बताएका छन्।