काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भन्दै प्रशंसा गरेका छन्।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेपालमा विदेशी हस्तक्षेप बढेको पनि बताए।
प्रचण्डका कारण बाह्य हस्तक्षेप बढ्यो। राजा महेन्द्रले नेपाललाई सिक्किमीकरण हुनबाट जोगाएु, उनले भने, ‘२००७ सालदेखि अहिलेसम्म चारवटा राजनीतिक परिवर्तन बेहोर्यौँ। यसले नेपालमा झन् विदेशी हस्तक्षेप बढेको छ।’
मैनालीले २००७ सालको दिल्ली सम्झौताबाट आएका अवाञ्छित भारतीय हस्तक्षेपलाई महेन्द्रले अस्वीकार गरेको पनि बताए। मैनालीले २०२६ सालमा चिनियाँ नाकामा राखिएका भारतीय फौज महेन्द्रले नै हटाएको पनि बताएका छन्।
२०४७ सालको राजनीतिक परिवर्तनका क्रममा विदेशी हस्तक्षेप ह्वात्तै आयोु, उनले भने, ‘२०६३ सालमा प्रचण्ड नेतृत्वको राजनीतिक परिवर्तनले झनै विदेशी हस्तक्षेप ल्यायो। २०४६ सालमा प्रजातन्त्रको बुई चढेर आएका विदेशीहरुलाई हामीले हटाउन सकेनौँ, दलका सरकारले हटाउन सकेनन्।’