काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका सुवेदी दम्पती रिहा भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रामप्रसाद र माधवी सुवेदीलाई हिरासत मुक्त गरिएको जनाएको छ।
सीआईबीका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले बोलाएको बेला उपस्थित हुने गरी उनीहरुलाई हिरासत मुक्त गरिएको बताए।
सुवेदी दम्पतीलाई सीआईबीले पुस ७ गते ताहचलबाट पक्राउ गरेको थियो । २५ दिन भन्दा बढी हिरासत राख्न नपाइने भएपछि उनीहरुलाई सीआईबीले हिरासतमुक्त गरेको हो ।
ललिता निवासको १४० रोपनी भन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर हिनामिना गरेको घटनाका उनीहरु मुख्य योजनाकार रहेको सीआईबीले दाबी गरेको छ।