तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तले बुझे

न्युजलय १९ जेठ २०७९, बिहिबार ०७:१६ मा प्रकाशित

काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको शव परिवारलाई बुझाइएको छ।  

पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको थियो।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि बिहीबार आफन्तको जिम्मा लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए। चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए।