काठमाडौं । नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार १५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८६३ जनाको पीसीआर र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ।