सुनको मूल्य घट्यो

न्युजलय २७ बैशाख २०८१, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।