कांग्रेसका उपसभापति धनराज गुरुङले मागे कृषि र शिक्षामन्त्रीको राजीनामा

न्युजलय ९ असार २०७९, बिहिबार १२:१६ मा प्रकाशित

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले शिक्षा र कृषिमन्त्रीले विभागीय जिम्मेवारी पूरा गर्न नसकेको भए राजीनामा दिन उपयुक्त हुने बताएका छन् ।

 

उनले किसानलाई मल उपलब्ध गराउन नसक्ने कृषिमन्त्री महेन्द्रप्रसाद यादव र विद्यार्थीलाई किताव समयमै उपलब्ध गराउन नसक्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

  

उनले लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो नभएको भन्दै नेतृत्वकर्ता जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हने बताएका छन् ।