घरजग्गा सरकारलाई दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च

न्युजलय २९ साउन २०७९, आइतबार ०४:२४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्पूर्ण सम्पति सरकारलाई दान गरिसकेको बताएका छन् ।

आइतबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमती र आफू दुवैको नाममा भएका सबै सम्पति दान दिइसकेको बताएका हुन् । 

दान गरेको घरजग्गा बेच्न नपाइने बताउदै ओलीले आफ्नो उपचारमा गर्नका लागि उपचार खर्च नभएको बताए । आफू सांसद भएकाले अलिअलि पैसा आएपनि त्यसले उपचारमा पर्याप्त नहुने उनले बताए ।