शनिबार देशैभर माओवादीको वडा सम्मलेन

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि शनिबार देशैभर वडा सम्मलेन गर्ने भएको छ। पार्टी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।


पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नको लागि यो सम्मेलन कोशेढुंगा सावित हुने समेत उनले बताए।

 

सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान र मानसिकता नराखी सहभागी हुन समेत उनले आग्रह गरेका छन्।