वराहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जलपन्छी गणना सुरु भएको छ । ३७ औँ जलपन्छी गणना बुधबारबाट आरक्ष क्षेत्रमा सुरु भएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पाँचदिने चरा गणना गर्ने कार्यक्रमअनुसार बुधबार बिहान जल चराहरुको गणना चतराबाट सुरु गरिएको छ । गणनामा चराविज्ञ तथा संरक्षणकर्मीको सहभागिता रहेको बताइएको छ ।
राष्ट्रव्यापीरुपमा हिमाली प्राकृतिक संस्थाले पानीमा आश्रित रहने चराहरुको गणना सुरु गरेको छ । कोशीटप्पुमा कोशी पन्छी समाजले चराको गणना गर्नेछ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समवन्यमा चारा गणना हुनेछ ।