काठमाण्डौ । ट्युनिसियाको उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रवासीहरुको शव भेटिएको छ।
शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ। योसमेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शव भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ।
समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ८ जनाको शव भेटिएको हो। ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका हो।
उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ।