काठमाडौं । मंगलबार(आज) विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरीले जानकारी दिएको छ ।
अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन। उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।