१६ किलोग्राम गाँजासहित उदयपुरबाट दुई जना पक्राउ

न्युजलय २९ मङ्सिर २०८०, शुक्रबार ०१:१९ मा प्रकाशित

 उदयपुर । उदयपुरगढी गाउँपालिका–७ हाडे बासबाट करिब १६ किलो ३ सय ३० ग्राम गाँजासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका–४ मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन्। जिल्ला  प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।