रोमानियाको एक कम्पनीले माग्यो भारी संंख्यामा नेपाली कामदार

न्युजलय ८ जेठ २०७९, आइतबार ०७:२३ मा प्रकाशित

काठमाडौं । रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । FOTO TAPET 3D AND PRINT SRL कम्पनीले विभिन्न पदका लागि ५ जना महिलासहित ११२ जना नेपाली कामदारको माग गरेको हो । 


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 


कामदारले खान बस्नेतसहित तलब ६८ हजार देखि ८० हजार बढी पाउनेछ । इच्छुक कामदारले Al Raas Recruitment Services Pvt.Ltd. कार्यालय सुकेधारा काठमाडौंमा जेठ १२ गते हुनेछ । 


स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।