एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, प्रदेश १ मा तुलसी न्यौपाने

न्युजलय २७ मङ्सिर २०७८, सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरू प्रस्ताव गरिएको हो ।


जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा राम अवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।


उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।