प्रधानमन्त्री देउवाका भाइको निधन

न्युजलय ३ जेठ २०७९, मङ्गलबार ०४:३० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइको निधन भएको छ।

देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन बताइएको छ । क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो।

प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।