मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–९, खैराङको अठारेस्थित कालिका माध्यमिक विद्यालयले विद्यालयमा वडाध्यक्ष आउँदा रक्सी खुवाएको बिल फेला परेको छ । रक्सीको बिल दिएर भुक्तानी लिन खोजेपछि लेखा समितिका संयोजकले राजीनामा दिएका छन् ।
पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक पार्टीलाई पनि भनेको तर, खासै चासो नदेखाएपछि समितिबाट नै राजीनामा दिएको बताए ।
स्थानीय किराना पसलमा विद्यालयका उधारो खातामा रक्सी, चुरोट खरिद गरिएको समेत पाइएको छ ।
पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत व्यक्तिले विद्यालयको रकम पेश्की लगेको र हालसम्म फिर्ता नगरेको पनि उनको आरोप छ । बेथिति हटाउन माग गर्दा सुधार हुने छाँट नदेखिएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
(स्रोत: न्युज अफ नेपाल)