लोक सेवाद्वारा ११४ जनालाई शाखा अधिकृतमा नियुक्तिको सिफारिस

न्युजलय २६ माघ २०७८, बुधबार ०१:१६ मा प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले न्याय, कानून र सरकारी वकिल समूहका शाखा अधिकृत वा सोसरह पदको विज्ञापनको नतिजा सार्वजनिक गरेको छ ।

 

आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै ११४ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको जनाएको छ ।

 

नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कका आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।