धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

न्युजलय २ माघ २०७८, आइतबार ०९:५४ मा प्रकाशित

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण आयोजना बीचमै अलपत्र पारेको र खर्च सार्वजनिक नगरेको भन्दै फाउण्डेशनविरुद्ध उजुरी परेको हो ।

बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गरेका छन् । उजुरी अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी गराए।