झापा । झापाको कचनकवल गाउँपालिका–७ बैगुनवारीका हरि तामाङले आफैंले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन्।
स्थानीय एसबीआई ईंटाभट्टामा गाडी चलाउँदै आएका ४१ वर्षीय तामाङलाई बिहान छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए।
गए राति खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्।
उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए। उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।
छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।