जापानमा ७ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु

न्युजलय ३ चैत २०७८, बिहिबार १२:३६ मा प्रकाशित

काठमाडौं । जापानामा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा चार जनाको ज्यान गएको छ । अरु ९० भन्दा बढी घाइते भएका छन् ।

बुधबार राति ७.३ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । 

भूकम्प लगत्तै उत्तर पूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको भए पनि पछि त्यसलाई फिर्ता लिइएको थियो ।