म्यान्मारमा सडक दुर्घटनामा परी ८ जनाको मृत्यु

न्युजलय १३ कार्तिक २०७९, आइतबार ०४:२८ मा प्रकाशित

काठमाण्डौ ।  म्यानमारको मध्य ‘म्यागवे’ क्षेत्रमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।  

थुगादी शिन उद्धार संस्थाका अनुसार  ‘म्यागवे’ क्षेत्रको चोक टाउनशिपमा एक कारले सडकमा रोकेको १२ पाङ्ग्रे लरीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पाँच जनाको घटनास्थलमा नै र अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ । चालकले मन्द निद्रामा उच्च गतिमा गाडी चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ । 

थुगादी शिन उद्धार संस्थाका एक उद्धारकर्मीले सिन्ह्वासँग बताए अनुसार विवाहका लागि मिनीट्रकमा १९ जना सवार रहेको र मृत्यु हुनेमा छ जना महिला रहेको बताइएको छ ।