इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्व अध्यक्ष लालीप्रसाद मेहताको निधन भएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मेहताको मंगलबार निधन भएको हो । देवानगञ्ज–१ निवासी मेहताको ६९ वर्षीय उमेरमा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
मेहतलाई हृदयघातपछि सोमबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो ।