थप २३ जनामा कोरोना संक्रमण

न्युजलय २० चैत २०७८, आइतबार १०:४६ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

६ हजार ९०९ नमूनाको परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न्।

हाल ८९९ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।