युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमण, १२ जनाको मृत्यु

न्युजलय १६ चैत २०७८, बुधबार ०२:४० मा प्रकाशित

काठमाडौं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो ।

आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर भिताली किम त्यहाँ नरहेको बीबीसीले जनाएको छ ।

रुसी फौजको हवाई आक्रमणमा अरु २२ जना घाइते भएको युक्रेनी गृहमन्त्रालयले जनाएको छ ।