२०७८ साल माघ ६ गते बिहिबार

थप ३ हजार ५५३ जनामा कोरोना संक्रमण

न्युजलय २९ पुस २०७८, बिहिबार ०४:३३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन् ।

१५ हजार  ८१ नमूनाको परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज १ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९३ पुगेको छ ।

त्यस्तै आज २७१ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १४ हजार ३४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।