असोज २० गते प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन हुने

न्युजलय १८ असोज २०८०, बिहिबार ०८:५८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै मोटरसाइकल र्‍याली निकालिने भएको छ ।


संविधान अनुसार तीन तहका सरकारमध्ये प्रदेश तह खारेजी हुनुपर्ने माग गर्दै असोज २० गते शनिबार प्रदर्शन गर्न लागिएको हो । 


 उक्त मोटरसाइकल र्‍याली कन्चनबारीबाट प्रदेश सरकारको मुख्य प्रशासनिक भवन रहेको रोडशेष हुँदै बजारको परिक्रमा गरेर पुनः कन्चनबारीमा कोणसभा आयोजना गरिने भएको छ ।


देश टाट पल्टेको अवस्थामा पुगिसक्दा समेत प्रदेश तहको संरचनाले खर्च बाहेक बाँकी केहि काम नगरेको निष्कर्ष निकालेर खारेजीको माग गर्न लागिएको अभियानको नेतृत्वमा रहेकामध्ये नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि बिशाल भादुडीले बताए । 


करिब चार सय मोटरसाइकलसहित नगरपरिक्रमा गर्ने योजना लिएका छन् । कोशी प्रदेश सरकारले त्यहि दिन प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।