आज देशभर माघे संक्रान्ति मनाइँदै

न्युजलय ३१ पुस २०७८, शनिवार ०१:३९ मा प्रकाशित

काठमाडौं । आज माघ १ अर्थात् माघे संक्रान्ति । खोला, नदीमा नुहाएर चाकु, तिलको लड्डु तरुल खाएर मनाइँदै । 

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धार्मिक मान्यताहरुका अनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।