पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने, सचेत रहन आग्रह

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०४:३५ मा प्रकाशित

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै विज्ञहरूले  सचेत रहन आग्रह गरेका छन् । 

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतहनजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । 

मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे । 

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वीनजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालाहरूलाई सचेत गराए ।