धरानमा भरुवा बन्दुक फेला

न्युजलय १५ मङ्सिर २०८२, आइतबार ०१:३० मा प्रकाशित

धरान । धरान उपमहानगरपालिका–६ पानवारीमा एक थान भरुवा बन्दुक फेला परेको छ ।

पानवारीस्थित राय चौरीमा प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

स्थानीयवासीले दिएको सूचनाको आधारमा राय चौरी खेल–मैदानको उत्तरतर्फको बाँसको ठुटाहरूभित्र लुकाई राखिएको एक नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।