इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ ।
हेर्दा भरुवा बन्दुकको गोली छातीमा लागेजस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।