प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

न्युजलय १४ मङ्सिर २०७८, मङ्गलबार ०१:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।


उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।


प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गराएका थिए ।


उनलाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।