उर्लाबारी आगलागी घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

न्युजलय ७ मङ्सिर २०८०, बिहिबार ०९:०३ मा प्रकाशित

विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधवार राति र बिहीवार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।   

मोरङ प्रहरीका अनुसार बिहीवार बिहान कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको हो । उपचारकै क्रममा यसअघि तपन पण्डितको मृत्यु भइसकेको थियो ।

तीनै जनाको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । 

गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

हाल सो अस्पतालमा २२  जना घाइतेहरू उपचाररत रहेको प्रहरीले जनाएको छ । जसमध्ये आईसीयू कक्षमा ६ जना उपचाररत छन् ।