पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरूद्ध

न्युजलय ५ भदौ २०८०, मङ्गलबार ११:४९ मा प्रकाशित

चितवन । चितवनको इच्छाकामना–६ टोपेखोला नजिकै सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।

सोमबार राति ८ बजेतिर पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।