विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालयको संख्या बढाउन लागिएको बताएका छन् ।
शनिवारबाट शुरू भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रदेश सरकारको कामको बारेमा जानकारी गराउँदै राईले गठबन्धनमा मन्त्रालयको संख्या बढाउने सहमति भएको बताए ।
पार्टीहरूमा मन्त्री हुनका लागि दाम्लो चुँडाल्ने अवस्था भएको हुँदा मन्त्रालयको संख्या बढाउने सहमति भएको राइले बताए ।
राम्रा मन्त्री छान्दा पनि नपाएकाले विरोध गर्ने प्रवृत्ति रहेको उनले बताए ।