काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् ।
यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी)ले उल्लेख गरेको छ ।
आक्रमणमा घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले सिन्ह्वालाई बताए । गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घाइते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए ।