काठमाडौँ । आइतबार(आज) दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
बैठक पुस २२ गते बिहीबार दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।