कोरोना पोजिटिभ भएपछि शिक्षिकाले विमानको शौचालयमा विताइन् पाँच घण्टा

न्युजलय १६ पुस २०७८, शुक्रबार ११:१८ मा प्रकाशित

काठमाडौं । अमेरिकाको एक स्कुलकी शिक्षिकाले विमानमा उडानका क्रममा नै कोरोना पोजिटिभ भएको थाहा भएपछि उनले पाँच घण्टा विमानको शौचालयमा बिताएकी छन्। 

उनले आफ्नो इच्छामा नै यस्तो फैसला गरेको बताइन्। मारिसा फोशियोले बताए अनुसार २० डिसेम्बरमा उनले शिकागोबाट आइसल्याण्डको फ्लाइटका बीचमा घाँटीमा पीडा महसुस भएको थियो। उनीसँग र्‍यापिड टेस्ट कीट थियो र तत्कालनै उनले जाँच गरिन्। त्यस क्रममा उनको कोरोना पोजिटिभ आयो। 

उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र बचेको यात्रा शौचालयमा बसेर पूरा गरिन्। यस बीचमा उनले फ्लाइट अटेन्डेन्टले खाना र ड्रिङ्क्स दिइन्।

मारिसाले भनिन् फ्लाइटमा १५० मानिस थिए र मेरो सबैभन्दा ठूलो डर थियो कि अरु कसैलाई संक्रमण नहोस्। 

मारिसाले आइसल्याण्डको विमानको शौचालयबाट एक टिकटक भिडियो पोस्ट गरेकी थिइन्। यस बीचमा उनले सहयोग गर्नका लागि एक फ्लाइट अटेन्डेन्टको सराहना गरेकी थिइन्।