अगाडी नाराबाजी, पछाडीको ढोका फोडेर बाल सुधार गृहबाट १२९ जना भागे

न्युजलय ४ भदौ २०८०, सोमबार ११:३७ मा प्रकाशित

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट १२९ जना किशोरहरु भागेका छन् । सोमबार दिउँसो गृहको पछाडीको ढोका फोडेर उनीहरु भागेका हुन् । 


सुधारगृहमा १८ वर्षीय कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर सुधार गृह अगाडी तनाव भइरहेका समयमा उनीहरु पछाडीको ढोका फोडेर भागेका थिए । 


सुधारगृहमा २९९ जना रहेका थिए । भागेका किशोरहरुमध्ये ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् भने बाँकी १२९ जना अझै फरार छन् । सुधारगृहमा सुरक्षाकर्मीले हातहतियार लिएर जान मिल्दैन । त्यहाँ लाठी चार्ज पनि गर्न मिल्दैन । कमजोर व्यवस्थापनका कारण किशोरहरु भागेको बताइएको छ ।