इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक नीतिमार्फत बढाएको कर खारेज गर्न समाजवादी मोर्चा इटहरीले माग गरेको छ ।
जनता समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीले नगरप्रमुख हेमकर्ण पौडेललाई संयुक्त रुपमा आइतबार ध्यानाकर्षण बुझाउँदै यस्तो माग गरेका हुन् ।
तयार गरिएको ज्ञापन पत्र चार पार्टीका नगर कमिटी अध्यक्षहरुले सयुक्त रुपमा नगर प्रमुखलाई हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बढेर सुनाउँदै नेकपा एकिकृत समाजवादीका इटहरी अध्यक्ष गणेश बुढाथोकीले बैज्ञानिक कर प्रणालीको नाममा हचुवाको भरमा कर वृद्धि गरिएको बताए ।
८४१ प्रतिशत सम्म कर वृद्धि गरिएको उनिहरुको ठहर छ ।
यता नगरप्रमुख हेमकर्ण पौडेलले भने कार्यपालिकाले गठन गरेको करवृद्धि अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको बताउँदै उक्त प्रतिवेदन उपलव्ध भएपछि राजश्व परामर्श समितिमा छलफलका लागि लैजाने र त्यसको सुझावको आधारमा आगामी नगरसभाबाट कर समायोजन गर्न सकिने बताए ।