भारतमा एकैदिन ३३ हजार बढीमा कोरोना संक्रमण

न्युजलय १९ पुस २०७८, सोमबार १०:५९ मा प्रकाशित

काठमाण्डौ । भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। 

पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन् । यसअघि आइताबर  २७ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ। महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा सोमबारदेखि १५ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको खोप दिइने भएको छ । यसका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।