झण्डै ४ करोड रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

न्युजलय २५ जेठ २०७९, बुधबार ०१:१८ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको नागढुंगाबाट झण्डै ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन्। ती मध्ये चार जना चिनियाँ नागरिक हुन्। 


उनीहरुको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको काठमाडौं परिसरले जनाएको छ।

 

पक्राउ परेका नेपाली नुवाकोटको विदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन्। 


नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उक्त रकमसहित फेला पारेको हो।


कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा रकम बरामद भएको हो। पक्राउ परेका गुरुङ कार चालक हुन्।