कोसी अस्पतालको मेसुमा डा. झा नियुक्त

न्युजलय १८ असार २०८०, सोमबार ०६:०७ मा प्रकाशित

विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. झालाई अस्पतालको मेसुमा नियुक्त गरेका हुन् । डा. झा ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन् ।